राष्ट्रपतिलाई र नेता नेपालबीच छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने दबाब आइरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे कुनै कुरा नभएको उहाँहरुले बताउनु भएको छ ।
आइतबार राष्ट्रपति भण्डारीलाई भेट्दै प्रचण्ड र नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो झगडा नीति, सिद्धान्त र विधिका लागि भएको र निहित स्वार्थ पूर्तिका लागि ओलीले संविधान विपरित ल्याउने अध्यादेशहरुमा हस्तक्षर नगर्न आग्रह गरेका बताउनु भएको हो ।

त्यसको जवाफमा राष्ट्रपति भण्डारीले आफूले सबैसँग कुरा गर्ने र आफूबाट नियम विपरित कुनै पनि काम नभएको बताउनु भएको थियो । प्रचण्डले पार्टीलाई एक बनाउने अभियानमा होमिएकोले त्यसमा सहयोगी भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका बुझिएको छ । केही समस्या पर्दा मैले या अन्य नेताहरुले तपाईँलाई भन्नु स्वाभाविक हो । तर ओलीले तपाईँलाई ‘इमोसनल ब्ल्याक मेल’ गर्दै हुनुहुन्छ । त्यसमा नफस्नुहोस् ।’
नेकपाभित्र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न चर्को दबाब दिइरहेका प्रचण्ड, खनाल र नेपालले राष्ट्रपतिलाई भेट गर्नु भएको हो ।

Facebook Comments