काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीकासँगै जमराको माला पनि लगाइदिनुभएको छ । प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिको हातबाट टीका र जमराको माला ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृहजिल्ला झापामा हुनु भएकोले यसपटक उहाँ बालुवाटारमा टीका नलगाउनुभएको हो। उहाँ बालुवाटारमा पत्नी राधिकालाई टीका लगाइदिएर टीका थाप्न शीतल निवास पुग्नुभएको हो।
Facebook Comments