गोपाल खनाल
काठमाडौं, ११ जेठ– नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु नेपालबिरुद्ध नियोजित आक्रमणमा उत्रेका छन् । भारत सरकारले नेपालको नयाँ नक्सा आफूलाई मान्य नरहेको धारणा सार्वजनिक गर्दै वार्ताको वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ । भारतीय संचारमाध्यमले भने नेपालको नयाँ नक्सा र अतिक्रमित भूभागफिर्ता ल्याउने अभियानलाई चीनद्वारा संचालितभन्दै अतिरञ्जित र तथ्यहिनप्रचार गरिरहरेको छ ।
यी हुन लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको प्रमाणित गर्ने २४ आधारहरु
१। सन् १८०९ को नेपाल र इस्ट इन्डिया कम्पनीबीचको सीमा सम्झौतामा कालीनदी पूर्वको भाग नेपालको हो भनिएको छ ।
२। ब्रिटिस क्याप्टेन उड ब्रिजको ‘स्केच अफ गोर्खा वार’ पुस्तकमा महाकाली नदी पूर्वको भाग नेपालको देखाइएको छ ।
३। १५ मे १८१५ मा मलोङमा अमरसिंह थापा र डेभिड अक्टरलोनीबीचको सम्झौता । कालीनदी सीमा नदी हो, त्यसभन्दा पूर्व नेपाल हो ।
४। जुन र अगस्ट, १८१५ मा लर्ड मारियोले पठाएको पत्रमा कालीनदी सीमा नदी ।
५। २ जनवरी १८१६ मा प्रकाशित बेलायती हाइड्रोग्राफरले तयार पारेको नक्सामा कालीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ ।
६। सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा महाकालीको मुहान । त्यसपूर्वको सबै भूभाग नेपालको हो ।
७। सन् १८१७ मा नाभी, कुटी, गुन्जीका गाउँलेहरूले ब्रिटिस इन्डियातिर बस्न पाउँ भनेर दिएको निवेदनमा इस्ट इन्डिया कम्पनीले सुनुवाइ गर्दा नाभी, कुटी र गुन्जी गोर्खाको अधीनमा रहेको स्पष्ट । कालीपूर्वको भाग गोर्खाको अधीनमा रहेको व्यहोरासहित बम शाह र राजदूत गार्डनरलाई इस्ट इन्डिया कम्पनीले लेखेको पत्रको प्रति ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ ।
८। सन् १८१९ मा इस्ट इन्डिया कम्पनी सरकारको नापी कार्यालयबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भई बगेको नदीलाई ‘काली रिभर’ भनिएको छ ।
९। सन् १८२६ मा क्याप्टेन जेडी हेवर्टले तयार पारेको नक्सामा लिम्पियाधुराबाट निस्केको नदीलाई ‘रिभर काली’ लेखिएको छ ।
१०। सन् १८२७ को नक्सा, लाइब्रेरी अफ कंग्रेस, वासिङ्टन डीसी । लिम्पियाधुरा कालीको मुहान ।
११। सन् १८३७ मा जे।बी। टासिन नामका भारतीय नापी प्राविधिकले बनाएको हाते नक्सामा कालीको उद्मगस्थल लिम्पियाधुरा देखाइएको छ ।
१२। सन् १८४० मा तत्कालीन भारतको इस्ट–इन्डिया कम्पनीका डेपुटी सर्भेयर जनरल र ब्रिटेनका सर्भेयर जनरलद्वारा हस्ताक्षरित नक्सामा लिम्पियाधुरा ९कसैले लिपुलेक पनि लेखेका छन्० त्रिदेशीय सीमा उल्लेख ।
१३। सन् १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा संरक्षित स्केच म्यापले लिम्पियाधुरा कालीको मुहान रहेको देखाएको छ ।
१४। सन् १८५५ अक्टोबरमा भारतको नापी विभागले पहिलोपल्ट बनाएको नक्सामा कालीको उद्गम लिम्पियाधुरा देखाइएको छ तर सीमा नदी भने लिपुलेकबाट निस्कने खोला हो भनी देखाइएको छ
१५।सन् १८५७ को नक्सा, ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डनले लिम्पियाधुरा महाकालीको मुहान ।
१६। सन् १८५०, १८५६ र १८६० का भएका पूरक सन्धिसम्झौतामा आदानप्रदान भएका नक्सा अनुसार पश्चिमी सिमाना दार्चुला जिल्लाको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा ।
१७। ब्रिटिस सर्भे अफ इन्डियाद्वारा प्रकाशित सन् १८२७ र १८५६ का आधिकारिक नक्साले नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म विस्तारित रहेको प्रमाणित गर्छन् ।
१८। सन् १९०३ मा क्विङ डाइनेस्टीमा प्रकाशित ‘ओल्ड एटलस् अफ चाइना’ मा चिनियाँ भाषामा लिम्पियाधुरा नै कालीनदीको स्रोत भएको उल्लेख । ‘नेपाल’ नदीको उत्तरपूर्वी भागमा ।
१९।नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ मा भएको सीमासन्धि र सन् १९७९ मा भएको सिमाना प्रोटोकलमा काली नदीपूर्व नेपाल र त्यसलाई सीमाबिन्दु मानिएको छ ।
२०। वि।सं।२०१५ मा भएको नेपालको पहिलो संसदीय निर्वाचनमा लिपुलेक र त्यस वरपरका जनता मतदाता थिए ।
२१। वि।सं। २०१८ मा पत्रकार भैरव रिसालले लिम्पियाधुरापूर्व व्यासक्षेत्रमा नाभी, कुटी, गुञ्जी आदि गाउँबस्तीको जनगणना लिनुभएको थियो । त्यसबेला त्यहाँ भारतीय सेनाको उपस्थिति थिएन । त्यस्तै, २०१९ मा नेपाल–चीनबीच सीमाङ्कन गर्न गएको टोलीले पनि त्यहाँ भारतीय सेना देखेको थिएन ।
२२। सन् २००७ मा जारी नदी प्रणाली देखाउने भारतीय नक्सामा लिम्पियाधुरासम्म समेट्ने गरी माथिल्लो काली भनिएको छ ।
२३। भारतले नै तयार पारेको नदीहरूको जलप्रवाहबारेको अर्को नक्सामा कालीको मुहान लिम्पियाधुरा भएको देखिन्छ ।
२४। सन् २०१७ मा सर्भे अफ इन्डियाद्वारा जारी नक्सामा लिम्पियाधुरा मुहान रहेको कालीलाई सीमा नदी मानिएको छ ।
यी प्रमाण नेपालका विज्ञहरूका पुस्तक, भनाइ, लेखमा आधारित छन् ।
(गाेरखापत्र डटकमबाट)