कसैले
एक खिल्लि चुरोट
निकालेर सल्काए जस्तै
*
कसैले
एक क्वाटर रक्सीको
बिर्को खोलेर गिलासमा खन्याए जस्तै
*
कसैले
एकछिन बिसाएर
सुस्केरा हाले जस्तै
*
खै कतिखेर
चुहिन्छ मसि कलमबाट
पोखिन्छ अक्षर मनबाट
भरिन्छ पाना भावनाले
उर्लिन्छ शब्दहरू नदी जस्तै
अनि बन्छ कविता
*
खै कसरी भनौं
म एउटा पागल कवि हुँदै हाेइन !
Facebook Comments