काठमाडाै । ईटहरी उपमहानगरपालिका-१२ संविधान चोकमा को.९ प २४२ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठेलालाई ठक्कर दिँदा ठेला चालक सोही उपमहानगरपालिका-९ बस्ने ६५ वर्षीय ईश्वरलाल सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तरी बोदेबर्साइन बस्ने १८ वर्षीय मुकेश शाह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुनिल शाहलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएकाे छ ।
Facebook Comments