मलाई सधैँ माया गर्ने, आदरणीय मेरी आमा
भोक लाग्दा खान दिने, करुणा हुँन् मेरी आमा ।१।
ऐया ! मैले भने भनेँ, कुद्दै आउँछिन मेरी आमा
निद्रा लाग्यो भनी रोए, सुताउँछिन मेरी आमा ।२।
मेरो खाँचो पूरा गरी, खुशी पार्छिन मलाई आमा
नबोलेरै मेरो इच्छा, पूरा गर्छिन मेरी आमा ।३।
रिसाए झैं गरे पनि, सधैँ खुशी मेरी आमा
मेरो उन्नतिमा देख्छु, सधैँ सुखी मेरी आमा ।४।
गल्ती मैले गरेपनि माफी दिन्छिन् मेरी आमा
मेरै हाँसेसँग उनका, खुशी किन्छिन् मेरी आमा ।५।
नजानेका कुरा मलाई सिकाउने मेरी आमा
मेरैलागि मनकाे माया रित्याउने मेरी आमा ।६।
आफ्नो भन्दा मेरै चिन्ता, सधैँ देख्छु मेरी आमा
ईश्वर भन्दा माथि तिमी, भनी लेख्छु मेरी आमा ।७।
Facebook Comments