काठमाडौं । सप्तरी तिलाठी कोईलाडी गाउँपालिका १ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रंगेली नगरपालिका ८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, देवाही गोनाही नगरपालिका २ मुसहरी टोल बस्ने २१ वर्षीय शंकर माझीले परोहा नगरपालिका १ जिगडवास्थित आँपको बगौचामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । माझी उक्त बगौचामा आँप कुर्न बसेको बुझिएको छ ।
पाल्पा, निस्दी गाउँपालिका(२ सिलमिङ गैराको जंगलमा आनन्दी भन्ज्याङ बस्ने ८२ वर्षीय खडे कानु आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
दाङ, मल्लरानी गाउँपालिका ५ बेलडाडा बस्ने २७ वर्षीय दिपक थापा गढवा गाउँपालिका(२ महदेवास्थित राप्ती नदीको महदेवाको पक्कीपुल मुनि आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मल्लरानी गाउँपालिका ५ बेलडाडास्थित झीम्रुक खोला तर्ने क्रममा शनिबार उक्त खोलाले बगाई बेपत्ता भई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
Facebook Comments