विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार ३ जना प्रतिवादीहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरी उपमहानगरपालिका-१९ ठेगाना भएका ३३ वर्षीय रुपक थापा, बैंकिङ कसुर मुद्दामा १६ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरी उपमहानगरपालिका-२ ठेगाना भएका ३२ वर्षीय संजय कुमार साह र लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरी उपमहानगरपालिका-१९ ठेगाना भएका निर्मल लिम्बु रहेका छन् । लिम्बुलाई बिहीबार ईटहरी उपमहानगरपालिका-१९ बाट तथा साह र थापालाई बुधबार ईटहरी उपमहानगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।