उता उच्च कोटी छ झर्ना झरेको
यता मोती दाना छ सारा छरेको
कतै सम्य सेता त काला कतै छन्
गरी बात मीठा बसेकाहरू छन् ।।१।।
सयौं सूर्य आफै बलेको बिहान
जहाँ चार ढोका खुलेको समान
धराको जगैमा बसेको थियो खै
छ रातो र कालो, पहेँलो मिसे झैं ।।२।।
गयो लाख चिन्ता हरायो खडेरी
र आफै दिलायो सुखैको घडेरी
शरैमा उनेको थियो जिन्दगानी
अकस्मात आयो सुनौलो बिहानी ।।३।।
गयो भन्नु मात्रै दिँदो पो रहेछ
चमत्कार यस्तो नजानी भएछ
वनै कन्दरामा हराई रहेको
कसोरी म हेर्नु सबै यो भएको ।।४।।
म आफै झरेको थिए फूल थुङ्गा
बगायो कसैले र पुग्दा म गंगा
रमाई रहेको म हाँसी रहेको
छ आश्चर्य यस्तो भनाँै के भएको ।।५।।
छन्द : भुजङ्गप्रयात
गण : यमाता यमाता यमाता यमाता
Facebook Comments