हरेक साल बिपत्तिले छुदैछ सिन्धुपाल्चोक
वर्षा र भेलको आँशुले धुदैछ सिन्धुपाल्चोक
दर्दानक चित्कारमा परेको छ गाउँ –बस्ती
विपदको घेरामा परेर रूँदैछ सिन्धुपाल्चोक ।।१।।
आजभोलि पीडामा छु रमाऊँ कसरी
भौतारिएको जीवन सजाऊँ कसरी
मेरो कथा ब्याथा सुन्छ पो कसले
हरे ! सुखको जीवन बनाऊँ कसरी ।।२।।
भगवानको विश्वास लिन किन सकेनौ ?
मन्दिरको लागि दान दिन किन सकेनौ
हरेकको आत्मामा ईश्वर सधैँ बसेको हुन्छ
धर्म र कर्ममा तिमी किन समेटिन सकेनौ ।।३।।
मैले दिएको प्रीतिको फूल लिन किन सकेनौ
मलाई तिमीले सहानुभूति दिन किन सकेनौ
तिमी भमरा थियौ म सुन्दर फूल थिए
तर खै ? तिमी मेरो दिलमा समेटिन किन सकेनौ ।।५।।
Facebook Comments