सुन्दर फूलबारीमा फूलेको फूल जस्तै बन्न सकु
मछ्छट टोकाईबाट बचाउने झुल जस्तै बन्न सकु
यात्रा अनन्त छ गर्नु पर्ने काम असिमित छ त्यसैले
खोलानदीमा थापिएको पक्की पुल जस्तै बन्न सकु।।१।।
पहाडको काखैमा मेरो अति सुन्दर गाउँ
कलमले लेखी देउन त्यही वस्तिको नाउँ
प्रकृतिको रानी कति राम्रो दृश्य त्यसैले त,
भाका हाली मिठो स्वरले गीत गाउन पाउँ।।२।।
आँखा सामु त ऊ मिठमिठा कुरा गर्छन्
पर्दा पछि बसि सधैं भरि छुरा दर्छन्
जो रातदिन दुःख मात्रै दिन्छ अरूलाई
कस्तो अचम्म उसैको आँसु पूरा झर्छन्।।३।।
Facebook Comments