माया

लघु कथा

दशै, तिहारको ऋण तिर्न र बर्खालाई नुन तेलको जोहो गर्न हाम्रो गाउँबाट हामी प्राय जसो घरको कम्तिमा एक जना चार महिनाको लागि कोईलाखाँद (कोईला खानि) जान्थ्यौं । यस पाला पनि गयौं । हर्क बहादुरले आफ्नो दश फेल छोरो जस बहादुरलाई पनि कोईलाखाँदको बाटो देखाए।
गर्दाभन्दा चार महिना बित्यो हामी घर फर्कने तयारी गर्न थाल्यौं । नुन तेल भने नेपालमै किनिन्थ्यो ।  एकसरो कपडा अन्य सामानकाे जोहो उतै गरिन्थ्यो । यसै क्रममा हर्कबहादुरले चारसय कम्पनी तिरेर एउटा रेशमको खास्टो किने । जसबहादुरले पनि दुई सय कम्पनीमा छालाको चुच्चे जुत्ता किन्यो।
भारत छोडेको पाँचौँ दिन हामी घर पुग्दै थियौँ । पानीको ब्यवस्था भएको ठाउँ हेरेर बिहानको खाना खान बिसायौँ । हर्क बहादुरलगायत हामीहरू झिंजा खोज्ने, चम्का लगाउने, पानी भर्ने गर्न थाल्यौ । जसबहादुर अलि थाकें भन्दै ढाकर रुंगेर बस्यो । म चामल धोएर फर्किंदा देखें चारसय कम्पनीको खास्टोले ऊ दुईसय कम्पनीको जुत्ता पुछ्दै थियो। धन्न हर्कबहादुरले भने देखेनन् ।

ओखलढुंगा

Facebook Comments