मानव बेचविखनमा संलग्न  पक्राउ

काठमाडौं । मानव बेचविखनमा संलग्न फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीया महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्‍याई मानव बेचबिखन गरी फरार रहेका लामालाई मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।

लामा उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments