काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका- ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पुर्याैई यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा घटना पश्चातत चन्र् बहादुर फरार रहेका थिए ।
Facebook Comments