मानव तस्करी गर्नेलाई एनआरएनले नछोड्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानबिन हुने भएको छ । यो समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य रामशरण सिंखडा छन् ।
दुई साताअघि एनआरएनए नै मानव तस्करीको धन्दामा भन्दै एक रिपोर्ट प्रसारण गरेको थियो । रिपोर्टमा पीडितहरूले आफू एनआरएनए माल्टा कार्यसमितिका सदस्यहरूबाट ठगिएको बताएका छन् ।
एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिव सन्देश केसीले आफूले गरेको काम गैरकानुनी रहेको स्वीकार गरिसकेका छन् । कार्य समितिभित्रबाट आईसीसी सदस्य, दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, युवा संयोजकलगायत सदस्यहरूलाई बिचौलियाको काम गरेको आरोप लगाइएको छ । यस विषयमा विज्ञप्ती समेत प्रकाशन भइसकेको छ ।

Facebook Comments