मानव अधिकार अनुशिक्षण कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय झापाद्वारा सोही कार्यालयमा आयोजित मानव अधिकार तथा बल प्रयोग सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले कार्यक्रम उद्घािटन गर्दै प्रहरी कर्मचारीहरुले कानुन कार्यान्वयनको क्रममा बल प्रयोग गर्नुपर्ने अवस्थामा अपनाउनु पर्ने कानुनी मापदण्डलाई अक्षरस पालना गरी मानव अधिकारको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक साकार राज पन्तले मानव अधिकार तथा बल प्रयोग सम्बन्धी कानुनी प्रावधान र प्रहरीले हुल हुज्जत वा भिँडमा खटिँदा अपनाउनु पर्ने कार्यहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा उक्त कार्यक्रममा ३० जना प्रहरी कर्मचारीहरुको सहाभागिता रहेको थियो ।

Facebook Comments