माथिल्लो मोदी जलविद्युतले जग्गा पायो

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले यो हप्ता गरेका निर्णयहरु सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गर्नु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ अन्तर्गत विद्युत नियमन आयोगका सदस्य पनौती १० खोपासी, काभ्रे निवासी श्री रामकृष्ण खतिवडाले दिनुभएको राजिनामा स्वीकृत गर्ने ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ अन्तर्गत माथिल्लो मोदी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी कार्यको लागि कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा ३० रोपनी ११ आना १ पैसा ३ दाम र अन्नपूर्ण गाउँपालिका १०, ११ र ७ मा करिब ३५ रोपनी ८ आना २ दाम जग्गा प्राप्त गर्न तथा प्रारम्भिक कारवाही गर्न सहायक प्रशासकीय अधिकृत गणेश राज वाग्लेलाई प्रारम्भिक अधिकृत तोक्ने निर्णय गरेको छ ।

Facebook Comments