माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ उर्लावारी नगरपालिका-९ आमवारी बस्ने ३५ वर्षीय बिनोद परियारको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित मावा खोलाकरेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी पथरी शनिश्चरे नगरपालिका-८ डोलु शुक्रबारे बस्ने राज नारायण चौधरीको घरमा विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधुनी बस्ने ४५ वर्षीय सबुरलाल चौधरीको शुक्रबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मोरङ अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comments