काठमाडौं । नेपाल विद्युत प्राधिकरणको एमडी नियुक्त गर्ने आफ्नै प्रकृया छ । यो कुरा उर्जा मन्त्रालयले सार्वजनिक गरिसकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले कुनै पनि संस्थानहरुमा नियुक्ति गर्दा सूचना प्रकाशित गरी प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने विधिको निर्णय गरिसकेको छ । राजनीतिक नियुक्तिमा टिके प्रथा कायम गर्नु हुँदैन भन्ने भ्रष्टाचार विरोधी अभियान्ताहरुको भनाइ छ ।
एमडी घिसिङ हिजो अपरान्ह अबेर तिर उर्जा मन्त्रालय गएर मन्त्री वर्षमान पुनलाई भेटेको खबर प्राप्त भएको छ । मन्त्री र उर्जा सचिव काम गरिरहेको अवस्थामा एमडी घिसिङको प्रवेशसँगै माहोल अलि धमिलो भएको शुत्रको दावी छ । एमडीको दवावमूलक मौखिक निवेदनलाई मन्त्रालयले गम्भीर रुपमा लिएको अवस्था हो ।
प्रवेशसँगै घिसिङले ‘मेरो तालुकदार मन्त्रालय यहि हो । म यहि मन्त्रालयको कर्मचारी हुँ । त्यसैले मेरो कार्यकाल थपको लागि प्रस्ताव लगिदिनु पर्यो’ भनेको समाचार जलस्रोतलाई प्राप्त भएको छ । तत्काल थप कुराकानी हुन पाएन, मन्त्रीज्यूको घरजाने बेला भइसकेको थियो । शुत्रका अनुसार मन्त्री र मन्त्रालयलाई एमडीले दिएको दवावमूलक प्रस्तावलाई सकारात्मक रुपमा लिएको बुझिएको छ ।
उता ठेकेदारहरुको हालत पनि तनावपूर्ण रहेको बताइन्छ । कतिपय ठेकेदारले आफ्नो मोवाइल अफ गरेकाछन् भने कतिपयले फेरि आउने नआउने ठेगान नहुँदासम्म एमडीलाई खासै सहयोग गरिहाल्नु पर्ने आवश्यकता नरहेको निष्कर्ष निकालेकाछन् । शुत्रका अनुसार अध्यक्ष, वर्तमान र पूर्व मन्त्रीहरुसमेत सकारात्मक रहँदारहँदै एमडीले खासै रडाको मच्चाउनु नपर्ने बताएका छन् । यदि भएन छ भने पनि उहाँ जस्तो क्षमतावानले प्रतिस्पर्धामा भाग लिए त कन्फर्म छ, उहाँको अगाडि प्रतिस्पर्धा गर्ने अर्को मान्छे नै छैन ।
Facebook Comments