भारतबाट आयाे कूटनीतिक नोट

काठमाडौं । नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा जारी गरेको प्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । भारतले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतले पठाएको कूटनीतिक नोट असार १० गते आइपुगेको स्रोतले बताए पनि मन्त्रालयले यसबारे औपचारिक रुपमा केही जानकारी दिएको छैन । यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाइ भारतलाई कूटनीतिक नोट पठाएको थियो । नेपालले भारतलाई सन् २०१५ मा भारत–चीनबिच नेपालसँग परामर्श नै नगरी नेपाली भूमि प्रयोग गर्ने सहमति गरेपछि, गएको नोभेम्बरमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि तथा पछिल्लो पछिल्लोपटक भारतले बाटो उद्घाटन गरेपछि कूटनीतिक नोट पठाएको थियो ।
सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले आलटाल गर्दै आएको छ । नेपाली क्षेत्र हुँदै मानसरोबर जोड्ने बाटो भारतले उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको हो । त्यसपछि भारत र नेपालबीचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको हो ।

Facebook Comments