भानु, घाँसी र छन्द

जन्मे भानुसँगै त छन्द लहरी जो प्रियछन् सारमा
राम्रा सुन्दर काव्य भाव सजिला उन्दा सधैं हारमा
खोला कल्कल पातमा झरिरहे झंकार बन्दै उनै
जाँतोमा, घरमा र गोठ, वनमा बर्सन्छ रागै धुनै ।।१।।

शिक्षा त्यो ‘बधु’ मा र ज्ञान अरुमा आँखा सबैका खुले
‘प्रश्नो’ त्यो तरमा डुबे सबजना आफै हराई भुले
‘रामायाण’ थियो पवित्र घरको जो ग्रन्थ हो सारमा
यस्ता मुल्य निधी गए रहरमै छोडेर छन्दै कला ।।२।।

के छन्दै भरिमा त छैन भन हो बज्दा कचौरा सुन
जाबो त्यो पहरा त गुञ्जन गरे निस्कन्छ मिठो धुन
छाप्रोमै जिविका गरेर उसले आनन्द मान्यो तर
घाँसीको पनि बुद्धि त्यो कति अहो कुवा बनायो घर ।।३।।

धारो एक बनाउँदा जमिनमा तिर्खा सबैले भुले
डोकोमा हसियाँ र घाँस वनको बुद्धि हजारौ खुले
सानो चिन्तन हो र ज्ञान जसमा बढ्दै गएको थियो
भक्तैको मन भानुबाट छुटियो बालेर जाँदा दियो ।।४।।

शिक्षा खेत गरा र ज्ञान उसको भैंसी र खेती थियो
आफू अन्पढ नै रहेर उसले शिक्षा सबैमा दियो
भक्तै भानु जसै त मोहित भए सुन्दा उनैका कुरा
आफै भित्र गुने जहाँ मनभरी निस्के नयाँ आँकुरा ।।५।।

Facebook Comments