मोरङ । भन्सार छलिका करिब १ लाख ६७ हजार ३ सय रुपैयाँ मूल्य बराबरका कपडा तथा लेडिज चुरा सहित विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २५ वर्षीय राहुल रायलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राहुलले भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली कपडा तथा लेडिज चुरा समेत ल्याई रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त मूल्य बराबरको सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी विराटनगर महानगरपालिका-९ स्थित सडकबाट अवैध रूपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब १ लाख ४५ हजार ३ सय रुपैयाँ मूल्य बराबरको कपडा तथा किराना सामान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरू फेला पारी बरामद गरेको हो ।
उक्त सामानहरू आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।