काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले २०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा Covid-19 को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिंग समस्या भएकाे जनाएकाे छ । विलिंग समयमा हुन नसक्दा महशुल भुक्तानी गर्न उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको छ । यस्ताे अवस्थामा उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने बताएकाे छ । आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ । २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा सुचना अधिकारी लिला कुमारी अर्यालले बताउनु भएकाे छ । विद्युत मिटर रिडिंग एवं महशुल संकलन सम्वन्धी सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको website www.nea.org.np मा हेर्न सकिने छ ।
Facebook Comments