ब्राउनसुगर सहित ३ जना पक्राउ

काठमाडौं  । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर संगम बस्तीबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा चारआली गाउँपालिका-१० घर भएकी २० वर्षीया सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-१२ घर भएका २१ वर्षीय छवि राना र उदयपुर बेलटार नगरपालिका-१३ घर भएका २६ वर्षीय महेन्द्र राई रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Facebook Comments