झापा । बैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३५ बस्दै आएका ३६ वर्षीय सौरभ उप्रेतीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । :
बैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार ६ गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई वारदात पश्चात फरार रहेका उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।
उप्रेतीलाई बुधबार जिल्ला अदालत भद्रपुर झापामा उपस्थित गराई अदालतको आदेशले फैसला कार्यान्वयनको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments