बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका-२ बस्ने ३० वर्षीय कृष्ण बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुर बुटवलको २०७६ वैशाख ८ गतेको फैसलाले उक्त मुद्दामा नौ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर भई फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
कार्कीलाई जिल्ला अदालत पर्वत मार्फत जिल्ला कारागार पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Facebook Comments