बलराम पोखरेल

कविता

भोगाइका अनगिन्ति आयाम
अनवरत पथिक बलराम
दूधकोसीका स्नग्ध छालझैँ
सुसेलीरहन्छन् शान्तिका गीत
सहर्ष उदाऊँछन्

अहोरात्र शिक्षा विकासका अभिलेखमा
मरिमेट्छन् सामाजिक उन्नतिका खातिर
ह्रृदय साक्षी राखेर
सम्याइ रहन्छन् बलराम
जीवनपद्दतिका सुनौला जागरण,
उमार्छन् निरन्तर बलराम
चेतनाका उर्भर बिजाङ्कुरणहरू
अबिराम गुन्गुनाइ रहन्छन्

साझा सङ्कल्पका गुनञ्जनहरू
अनायास अनायास प्रबासिन्छन्
बलराम जन्मस्थल खार्पाबाट भक्कानिंदै
राजधानीका असमेल घुईंचोभित्र
जपिरहन्छन् बलराम स्वप्निल ईन्द्रेणीमाला
अजेय भाव बिचारका गुम्फनमा रोजिरोटिको पिरलोमा रुमलिँदै,

वाङ्मयका कुशल साधक बलराम
सुस्ताउँदैनन् भाषा र सेवा समर्पणमा
मुस्कुराइ रहन्छन् बलराम
भाब र विचारका अक्षरखेतिमा
फुलाइ रहन्छन् दिव्यभावनाका
किरणपुञ्जहरू रस्ति बस्तिमा
रमाइ रहन्छन् बलराम
सद्भावनाका हार्दिक मोहमा
फैलिरहन्छन् स्वभिमानका सीमा स्तम्भसम्म कदापि खण्डिकरण हुँदैनन् बलराम
विषमता र जालझेलका उबडखाबडमा
हुन् अथक चरित्र बलराम
पौरखि पुत्रका पर्याय।

Facebook Comments