बलराम पोखरेलपर्ति

साच्चै हुन् बलराम एक गतिला सम्मानका नायक
साच्चै हुन बलराम दीपक जसै हुन् प्रेरणादायक
उर्जावान विवेकशील प्रतिभा को अंशले शोभित
शिक्षा शास्त्र र चेतना भरिदिने हुन् ब्यक्ति सामाजिक।।१।।

खार्पाली ,नल, पोखरेल थरका विद्वान हुन् नम्बर
अर्काको दिलभित्रको बहबुझी गर्ने अनेकौ भर
दम्भी ,रोष ,निराशता ,जलनको , विद्वेश या स्वार्थको
भेटिन्नन् उनमा कुनै कलुषता यो वाद या दर्पको ।।२।।

सारा त्याग गरेर स्थापित गरे बर्चस्व को दब्दवा
शिक्षाको इतिहासमा प्रगतिको खार्पा हुँदा देवता
पुज्ने मन्दिर चारधाम अथवा मानौँ त यी राम हुन्
खार्पाको पहिचान गौरव उनै मानौँ उनै सान हुन् ।।३।।

खाचो खड्कनु हुन्न साथ भरको आशा छ खार्पासँग
सेवा गर्न सदैव तत्पर हुने लागोस् उतै तन् मन
पाओस् आशिष आत्म राग तनको बोलोस् छु खार्पा सगै‌ं
टाढा जाउ परन्तु वास उनकै गम्की चलोस् मग्मगै ।।४।।

हुन् सामाजिक भद्र शब्य गुणका आचार सज्ञानका
साच्चै हुन् बलराम राम युगका हुन् ज्योति अज्ञानका
यस्ता शिक्षित प्रेरणामय कुनै जन्मन्न या जन्मला
जो जन्मे सबमा न भेट्न सकियोस् भन्दा न काेही भला।।५।।

Facebook Comments