भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामग्री हस्तान्तरण

नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई ४ थान भलिबल र नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको छ । फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सङ्घका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ लायन्स क्लब इन्टरनेशनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत हुनुहुन्छ । सुवेदी समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा दुई दशक देखि निरन्तर क्रियाशील हुनुहुन्छ ।

Facebook Comments