काठमाडाैं । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) वनाई रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापा समेत ६ जनालेभन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा रु.3,19,77,372/00 (अक्षरेपी तीन करोड उन्नाईल लाख सतहत्तर हजार तीन सय बहत्तर मात्र)विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई मिति 2077/0५/०५ मा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको।
प्रतिवादीहरुबीरगञ्ज उप महानगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका रजनिश कुमार गुप्ता, खैरहनी न.पा. ३ चितवन, स्थायी ठेगाना भएकाराजु थापा भन्ने राजेन्द्र थापासमेतले भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिई आउने ट्रकभित्र (छुट्टै नदेखिने क्याविन कोठा)बनाई भारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेकोले उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क),(ख),(छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेकोले उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य रु.५३,२९,५६२।-(त्रिपन्न लाख उनान्तीस हजार पाँच सय बैसठ्ठी मात्र) विगो कायम गरी राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा २३(१) बमोजिम जरिवाना तथा कैद सजाय हुन तथा अन्य प्रतिवादीहरु बारा जिल्ला कलैया नगरपालिका वार्ड नं. ८ आदर्शटोल स्थायी ठेगाना भई काठमाण्डौमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता र मेरव B 204 पञ्चवटी अपार्टमेन्ट बिकासीपुरी दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबासगरीसृजन शर्मा नाम गरेका व्यक्तिका नाममा दर्ता भएको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोवार गर्ने तथा रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापाले यसरी फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरुव्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेकोले निजहरुको हकमा उक्त बरामद विगोको अतिरिक्त उक्त ट्रकमा लुकाई छिपाई यो भन्दा पहिला पटक पटक गरी५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरी सकेको मालवस्तुकोभन्सार चोरी पैठारीको भन्सार विगो रु.२,६६,४७,८१०।- समेत गरी जम्मा रकम रु.३,१९,७७,३७२।-(तिन करोड उन्नाइस लाख सतहत्तर हजार तीन सय बहत्तर) ऐनको दफा २(छ१) बमोजिम विगो कायम गरीमालवस्तु बरामद नभएकोरु.२,६६,४७,८१०।- असुल उपर गरी गराई सोही ऐनको दफा २३(१) बमोजिम विगो बरावर जरिवाना हुन र असुल उपर गर्नुपर्ने विगोको हकमा दफा २३(४) बमोजिम व्याज सहित असुल उपर गरि पाउन तथा ऐनको दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेत हुन साथै बरामद कपडा र उक्त कपडा ढुवानी गर्न प्रयोग भएको UP 78 CN 3465 नं. को भारतीय ट्रक समेत ऐनको दफा ३३ बमोजिम जफत गर्न मागदावी लिई मिति 2077/०५/०५ गते उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरिएको ।