लागूऔषध कसूर मुद्दामा फरार प्रतिवादी फलेवास नगरपालिका-२ ठापाठाना बस्ने ३७ वर्षीय रुबेन क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०६६ जेठ ८ गतेको फैसलाले लागूऔषध कसूर मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद सजाय ठहर भइ फरार रहेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
यसैगरी सवारी ज्यान कसूर मुद्दामा फरार प्रतिवादी कुश्मा नगरपालिका-१० पिपलटारी बस्ने ५७ वर्षीय चन्द्र बहादुर केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०५४ असार १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ हजार रुपैयाँ जरिवाना र २ महिना २२ दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कुश्मा नगरपालिका-७ खरेयाबाट फेला पारी पक्राउ गरेको हो ।
Facebook Comments