काठमाडौंं । नेपाल विद्युत प्राधिकरण संचालक समितिले एनइए इन्जिनियरिङ कम्पनीको सिइयोमा काजमा पठाएका डिएमडी हितेन्द्रदेव शाक्यलाई काजफिर्ता गरी प्राधिकरण ल्याउने र कार्यकारी निर्देशक बनाउने निश्चित भएको छ । सम्भवतः आजै प्राधिकरणलेले शाक्यलाई फिर्ता बोलाउने छ । गत भाद्र ३० गते खाली भएको कार्यकारी निर्देशक पदमा प्राधिकरणका डिएमडी लेखनाथ कोइरालाईलाई निमित्त कार्यकारी निर्देशक बनाइएको छ । त्यसबखत नै शाक्यको चर्चा भएको मात्र होइन, प्राधिकरण भित्र भएको भए शाक्यलाई सिनियर डिएमडीको आधारमा निमित्त बनाइने थियो भनी व्यापक चर्चा भएकै हो ।
सुत्रका अनुसार शाक्यलाई कायम मुकायम निर्देशक नै बनाउने तय भएको छ तर कामु दिने प्रचलन भने १ तह बढुवा गरेर दिने हो र प्राधिकरण १२ तह माथि बढुवा हुँदैन । एमडी सरकारको निर्णयबाट नियुक्त हुने पद हो । तरपनि कुनै बेला प्राधिकरणमा त्यहीका डिएमडी महेन्द्र बहादुर श्रेष्ठलाई कामु एमडी बनाएर काम गराएको नजिर भने नभएको होइन । यसरी कामु चलाउने भनेको १ वर्षको अवधिका लागि हुने अर्को तथ्य पनि छ ।
कुनैपनि संस्थामा निमित्त दिँदा सिनियरलाई दिने प्रचलन छ । प्राधिकरणको कुनैपनि डककुमेन्टमा सिनियर डिएमडीमा शाक्यको नाम लेखिन्छ तरपनि एनइए अन्तगर्तकै कम्पनीमा सिइयो भएपनि बाहिर भएको भनी सो वखत निमित्त नदिएको कुराको आलोचना समेत भएको थियो । प्राधिकरणको एमडी बस्ने कुर्सीमा सबै योग्यताले भरिपूर्ण भएपनि प्राविधिक पक्ष पुगेन भने तातो तावामा बसे जस्तो हुन्छ र प्राविधिक व्यक्तिहरुको खोजी गरिन्छ । यही सवालमा सरकारकाे हाल आएर दिमाखको बिर्को खुलेको हो भन्ने प्रतिक्रिया समेत आउन थालेका छन् ।
प्राधिकरण शुत्रका अनुसार शाक्यले उर्जा मन्त्री वर्षमान पुनलाई फिर्ता पठाउन निवेदन दिनु भएकोले शुक्रबारकाे बोर्ड बैठक पछि फिर्ता बोलाउने प्रकृया सुरु भएको हो । आजै शाक्यलाई फिर्ता बोलाएर कामु एमडी बनाउने प्रकृया सुरु हुनेछ । निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई नियम विनियम अनुसार सबै काम गर्न पाउने अधिकार संचालक समितिले दिइ सकेको हुनाले अब शाक्यलाई फिर्ता बोलाउने पत्र उहाँले दिन सक्ने हुँदा शाक्य आजै प्राधिकरण फिर्ता हुने र कामु एमडी बन्ने निश्चित छ । निमित्त नै दिनका लागि यति रडाको गर्नु पर्दैनथ्यो र दिनै परे २ महिना कुर्नु आवश्यक नरहेकोले शाक्य कामु एमडी हुने निश्चित रहेको सुत्रको दावी रहेको छ ।