काठमाडौं । विश्वभर फैलिएको Covid 19 को महामारीका कारण शुरू भएको Lockdown र Lockdown खुलेपछि देखिएको विरोध भिडहरूको आक्रोशहरूमा प्रहरी कार्वाही गर्दा प्रहरीले पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचर संहिता बारे महानगरीय प्रहरी कार्यालय मातहत प्रहरी कर्मचारीहरूलाई सचेत र सहज बनाउने उद्धेश्यले मिति २०७७/६/७ गतेबाट मानवअधिकार, प्रहरी आचर संहिता र महामारीको समयमा प्रहरी कार्बाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको सुरूवात गरिएको छ । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी गर्नुपर्ने बताउनुभयो । प्रहरीका समस्या,गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ड पालना गर्दै उच्चतम व्यवसायी क्षमता गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने बताउनुहुदै प्रहरी अनुशासन कर्तव्य नियमका सम्बोधन गर्नुभयो
यस कार्यक्रम अर्न्तगत महानगरीय प्रहरी वृत्त बानेश्वर अर्न्तगत प्रनाउ,प्रनि,जुप्रअ, प्रह/प्रज समेत ६० जनालाई महादेवस्थान पार्टी प्यालेस कोटेश्वरमा यस महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रनामनि विश्वराज पोखरेलले । त्यस्तै गरी प्र.ब.उ.किरण बज्राचार्यले महानगरीय प्रहरीको अवधारणा कर्तव्य प्रहरीलाई Smart policing को नियम अनुशिक्षण प्रदान गर्नुभयो । प्रनाउ रबिन्द्र खनालले नेपाल प्रहरीको आचरण संहिताबारे प्रकाश पार्नु भएको थियो ।
त्यसै गरी महानगरीय प्रहरी वृत्त सिहंदरबार अर्न्तगतका सिप्रअ,जुप्रअ र प्रह/प्रज गरी ५१ जनालाई कार्की बैकुट बबरमलमा उल्लेखित विषयमा आजै अनुशिक्षण प्रदान गरीएको थियो ।