प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी बिज्ञान देव पाण्डेलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बिज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हे.का.को पृतनापतिको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments