प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आज शनिबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ।

सम्बोधनमार्फत सम्पूर्ण नेपालीलाई शुभकामना दिने कार्यक्रम भएकाले विगतमा अघिल्लो दिन दिने लिखित शुभकामनाभन्दा याे पृथक रहने बताइएको छ ।

Facebook Comments