काठमाडौं । निजी हाइड्रोपावरहरुले एडभान्स डिक्लेरेशनमा तोकेको भन्दा बढी भएको विद्युतको ५० प्रतिशतको मात्र पैसा तिरिआएकोमा अब देखि पूरै विद्युतको पैसा दिइनेछ । लगाउँदै आएको पेनाल्टी हटाउने छु । पिपिएको रेट बढाउने छु, जसका लागि नियमन आयोगमा म नै कुरा गर्छु । रुग्ण आयोजनाहरुको प्रसारण लाईन बनाई दिन्छु । विद्युत बढी भएको समयमा निजी क्षेत्रका पावर हाउसहरु बन्द गर भन्दिन, पूरै उत्पादन गर्ने व्यवस्था मिलाउँछु । २०७२ सालमा सरकारले घोषणा गरे अनुसारको १० मेगावाट सम्मका आयोजनालाई दिनुपर्ने रकम एक मुष्ट दिन्छु । यो कुरा भयो भने निजी क्षेत्र कति खुसी र उत्साहित बन्ला त्यसको लेखाजोखा गरौं ।
कुरा यहि हो, हिजो प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इपानका प्रतिनिधिहरुसँग कमिन्टमेन्ट गर्नु भयो भनि प्राधिकरण स्रोतले बताएको छ । हिजो एमडी घिसिङले इपानका उपाध्यक्ष गणेश कार्की, महासचिव गोरे शेर्पा, सचिवहरु भरत खत्री र बलराम खतिवडा र सदस्य उत्तम व्लोन लामालाई बोलाएर उक्त कमिन्टमेन्ट गर्नु भएको सहभागी शुत्रले जानकारी गराएको छ । इपानको टोलीले आइतवार उर्जा मन्त्री वर्षमान पुनसँग भेटघाट गरी माथि उल्लेखित विषयमा एमडी घिसिङबाट चासो र पहल नभएको गुनासो गरे लगत्तै एमडीले उहाँहरुलाई बोलाएर कमिन्टमेन्ट गर्नु भएको हो ।
एमडीले एपानका हस्तिहरुसँग मेरो लेवलबाट हुने काम म नै फत्ते गरिदिन्छु र उर्जा मन्त्रालय तथा आयोगले गर्नुपर्ने काम पनि आफै पहल गरेर गरिदिन्छु भन्दै त्यसवापत इपानका सदस्यहरुले सहयोग गर्नु पर्ने विषयमासमेत छलफल भएको शुत्रको दावी छ । इपानका सदस्यहरुले एमडीलाई सहयोग अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ‘एमडी सापले असाध्यै राम्रो काम गर्नु भएको छ हामी पनि खुसी छौ’ भन्दै लविङ गरिदिनु पर्ने भएको छ । उक्त छलफलमा दुबै पक्ष राजीसमेत भएका र एमडीका पक्षमा प्रधानमन्त्री समक्ष कुरा पुर्याउने इपान टिमको नेतृत्वसमेत लामाले गर्नु हुने तय भएको बताइएको छ । एमडी घिसिङले याे कुरा बाहिर कतै नजावाेस् भनि पटकपटक छलफलमा भन्नु भएकाे थियाे ।
२०७२ मा ‘उर्जा संकट निवारण तथा विद्युत विकास दशकको’ घोषणासँगै सरकारले १० मेगावाटसम्मको निजी प्रवद्र्धकलाई ५० लाख प्रति मेगावाट भ्याट वापतको रकम फिर्ता दिने, पेनाल्टी नलगाउने र एडभान्स डिक्लेरेशनको नाममा प्राधिकरणले गरी आएको व्यवहारबाट मुक्ति पाएर शोषणरहित व्यवसाय गर्न पाउने आशामा बसेका उद्यमीहरु ५ वर्ष देखि क्वाँकाक्वाँ रोएर बसेका थिए । तर एमडीले चाहेमा तुरुन्तै हुनेरहेछ भन्ने कुरा देखियो भनि एमडीसँग अपूर्व प्रत्यक्ष कुराकानी गर्नेहरु मध्ये केही खुसी भएको पनि देखियो । तर आम उद्यमीहरुले भने २९ गते आउन १४ दिन बाँकी हुँदा बोलाएर भन्नु भएको विश्वास गर्न नसकिने भएकाले पत्याउन सकिरहेका छैनन् ।
इपानका अध्यक्ष कृष्ण आचार्यले ‘अहिलेको परिस्थितिमा कामदार फिल्डमा लान नसकिरहेको अवस्थामा फेसिलेट गरिदिन, विद्युत विकास विभागले लाइसेन्स रिन्यू गर्ने अवधी बढाइदिन र फाइनान्सियल क्लाेजरको अवस्थामा पिपिएको अवधी बढाइ दिन सहजताका लागि उर्जा मन्त्रीसँग आइतवार इपानका साथीहरु जानु भएको बताउनु भएको छ । मलाई विसञ्चो भएको हुँदा उपाध्यक्षहरु गणेश कार्की र मोहन डाँगी, महासचिव गोरे शेर्पा सदस्य भरत खत्रीले मन्त्री पुनलाई भेटघाट गरी आफ्ना कुरा राख्नु भएको र एमडीसँग सोमवार भेटेको बताउनु भयो ।’
Facebook Comments