प्रधानमन्त्रीले ऊर्जा मन्त्रीलाई बोलाएर हप्काए

८६० मेगावाटको पिपिएका लागि दवाव

कालीकोटमा पर्ने तिला–१, ४४० मेगावाट र तिला –२, ४२० मेगावाटको जलविद्युत आयोजना अमेरिकन इन्भेष्टमेन्ट बैंकको ७० प्रतिशत लगानीमा बनाउने भनी अघि बढाइएको आयोजना हो । कुल ८६० मेगावाको आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत प्राधिकरण र केएसके इनर्जी भेन्चर लिमिटेड भारतलाई बिक्री गर्ने जनाइएको छ । सन् २०१८ अगष्ट २० मा लाइसेन्स जारी भएको उक्त आयोजना अहिले पिपिएका लागि लविङ गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्री वर्षमान पुनलाई बालुवाटार बोलाएर तिला–१, ४४० मेगावाट र तिला–२, ४२० मेगावाटको पिपिए किन नगरेको भनी जवाफ मागेको कुरा ऊर्जा क्षेत्रमा चर्चा छ । यो आयोजना राजाको शासन कालमा प्राधिकरणको एमडी बनेका ठकुरी साहेव हरिशचन्द्र शाहले बोकेर हिडिरहेको आयाेजना हाे । यसका लागि शाहले नेकपाका नेताहरु मिलाएर काम पट्याउने मेलोमा लागेका छन् । उनीलाई नजिकबाट चिन्नहरु यसै भन्छन् । यो समस्या झाँगिन थालेपछि प्रधानमन्त्री ओलीले तिलाको पिपिएमा चासो राखेको स्रोतले बताएको छ ।
तिला–१, को लागत ६४९ मिलियन अमेरिकी डलर र तिला–२ को ५५५ मिलियन अमेरिकी डलर कुल लगानीको हुने बताइएको छ । यस हिसाबले कुल १.५ खर्ब भन्दा बढी लगानीको आयोजनाबाट उत्पादित विजुलीको पिपिए प्राधिकरण संचालक समितिले गर्न सक्ने अवस्था छैन । यसको कारण भौतिक पूर्वाधार तयार नहुनु नै हो । पिपिए गर्दा सवस्टेशन र ट्रान्समिसन लाइन तोक्नु पर्ने हुन्छ । र, उत्पादित विजुलीको बजार सुनिश्चितता हुनुपर्छ । तसर्थ प्राधिकरणले ट्रान्समिसन लाइन र बजार व्यवस्थापन नहुदासम्म यो आयोजनाको पिपिए गर्न सक्दैन ।
प्रवद्र्धकहरुको उद्देश्य पिपिए गरेर आयोजना बिक्री गर्ने रहेको कुरा शाहलाई नजिकबाट चिन्नेहरु बताउछन् । तिलामा पार्टनर बनाएर धोखा दिएको बारे एक पूर्व लगानीकर्ता शाहलाई सोझै लुट्न र ठग्न बसेको आरोप लगाउदै पार्टनर बनाएर ओभरटेक गर्ने बानीका कारण आयोजना हालसम्म खोलामै सिमित भएको बताउँछन् । यो बनाउने आयोजना नभइ ठग्ने आयोजना भएको उनको दावी छ ।
एक अनुभवी ऊर्जा उद्यमी कालीकोटबाट भारतसम्म ४४० केभी प्रशारण लाइन आयोजना आफैले बनाएर लैजाने सर्तमा लाइसेन्स दिएको तथा टेक एण्ड पेमा पिपिए हुनुपर्ने सर्त हुन सक्ने बताउछन् । तिलाको पिपिए गरेर भारतलाई लाइसेन्स बेच्ने दाउमा लागेको स्पष्ट देखिन्छ । भारतको मजफपुर देखि ढल्केसम्मको एक मात्र ४०० केभीको प्रशारण लाइन बनेको छ । यो आयोजना बनिसक्दा यस्तै प्रशारण लाइनको आवश्यकता पर्दछ । बजार र प्रशारण लाइनको तय नभइ पिपिए गर्दा ३ खर्बको प्राधिकरणमा १.५ खर्बको दायित्व थपिन्छ । यो व्ययभार धान्न नसक्ने भइ ढुस हुन्छ । यस कारण यो आयोजना कमिसनका लागि मात्र पिपिए हुने ठहर जानकारहरु बताउछन् ।
हामी लागि राखेका छौ । एमओइ भएको छ । लगानीकर्ताहरु आउन सकिरहेका छैनन् । नयाँ वर्षमा आउने कुरा छ । पिपिए पनि हुन बाँकी छ । अन्तर्राष्ट्रिय र ठूला लगानी भएको भएर डलरमा पिपिए हुन्छ । मन्त्रालयले पनि काम गरिरहेको छ । मुख्य कुरा भनेको ट्रान्समिसन लाइन र भारतीय बजारमा पठाउने कुरा हो । यो आयोजनाका लागि ४३५ किमि ट्रान्समिसन लाइन बनाउनु पर्ने हुन्छ भनी तिलाका प्रवर्तक हरिश्चन्द्र शाह बताउछन ।

Facebook Comments