काठमाडौं । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री के पी शर्मा ओलीले सार्वजनिक रुपमै ‘म भ्रष्टाचार गर्दिन गर्न दिन्न र भ्रष्टचारीलाई छोड्दिन’ भन्ने अभिव्यक्ति बारम्बार दिइरहनु भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आजसम्म यस विषयमा मुख खोल्नु भएको सुनिएको छैन ।
कृषि मन्त्री धनश्यमा भुसालले प्रचण्डका घरवेटी परिचय बनाएका ठेकेदारलाई कारवाही गर्ने उद्घोष गर्नु भयो । प्रचण्ड बस्ने खुमलटार स्थित जुन घर छ आजका दिनसम्म पनि त्यही बस्नु भएको छ । त्यस भन्दा पहिला देखि कै बदनाम शैंलुङ कन्सट्रसन र त्यसका संचालक बारेमा के थाहा थिएन र । किन त्यसो भयो त भन्ने कुरा प्रचण्ड बस्ने उक्त घर शारदा प्रसाद अघिकारीको नभएर प्रचण्ड स्वयमले ‘प्रसादमा’ पाएको घर हो भनि आशंका गर्नेहरु प्रसस्तछन् ।
प्रचण्डलाई उक्त घर प्रसादमा कसरी आयो त भन्ने विषयमा स्रोतको दाबी यस्तो रहेको छ –शैंलुङ कन्सट्रकसन गणेश घिसिङको हो । गणेश कुलमानका दाजु हुनुहुन्छ । यस शैंलुङ कन्सट्रक्सनको काम भनेको सरकारी ठूला र आकर्षक ठेक्का लिने र त्यसबाट पहिलो किस्तामा प्राप्त हुने एडभान्स रकम लिने र सो रकमलाई घरजग्गा कारोवारमा लगाउने शैंलुङ कन्सट्रकसन पछि शारदा अधिकारीले खरिद गरे । जुन बखत अहिले पचण्ड बस्ने घर शैंलुङ कन्सट्रक्सनको सम्पतिको नाममा उक्त घर थियो । यसरी हेर्दा यो घर शारदाको अधिनमा देखिएतापनि एमडी घिसिङले प्रचण्डका लागि प्रसादका रुपमा दिएको घर हो । यसको बाह्य चर्चा बजारमा लामो समय देखि चलिरहेको छ । यो प्रसाद ४ वर्ष अगाडि प्रचण्ड प्रधानमन्त्री भएकै समयमा घिसिङलाई प्राधिकरणको एमडी नियुक्त गरेवापत भएको कुरा अहिले चर्चाचलिरहेको छ ।
प्राधिकरणको इतिहासमा एक कार्यकाल सकिएपछि प्रावधान मिचेर दोस्रो कार्यकाल दोहोर्याएको छैन । सिंगो क्याविनेट एमडी नियुक्त गर्ने प्रकृयाद्वारा नियुक्त गर्ने अवस्थामा रहेको बेला प्रचण्डले प्रस्ताव चै मन्त्रिपरिषद्मा पठाउनु जे जे हुन्छ भनि सम्बन्धितलाई दवाव दिएको कुरा बाहिर सडमसम्म आउनुले स्वयमकै राजनीतिक उचाइलाई सडकमै ल्याएको छ । कुलमान, शारदा र अन्य यस्तै विवादित विषयलाई प्रचण्डले काखी च्यापेर बस्नुले उत्पन्न शंकालाई मलजल गरिरहेकै अवस्था छ । उर्जा मन्त्री वर्षमान पुन कार्यक्रमकाे शिलशिलामा रोल्पा जानु भएको ३ दिन भयो तर एमडीले २३ गते दिउँसो ३ घण्टा भन्दा बढी मन्त्रीका पिए दुर्गा चापागाईंसँग विताएको कुरा मन्त्रालयमा छ्याङग छ । मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लेख्न लगाउनका लागि कुलमानले पिए चापागाईंलाई चाकडी गर्नु पर्ने दिन आएछ भनि आँखा च्यातेर हेर्दै जिब्रो टोक्नेहरु मन्त्रालयमा मनमनै हाँसीरहेका थिए ।
मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने पनि एउटा प्रकृया हुन्छ । कुनै पनि विषयको प्रस्ताव मन्त्रालयमा तयार हुन्छ । प्रकृयागत रुपले सम्बन्धित मन्त्रीकोमा पुगेर सदर हुन्छ । त्यसपछि सचिव मार्फत मुख्य सचिवकोमा प्रस्ताव पुग्छ । मुख्य सचिवले प्रस्तावको औचित्य जाँच गरेपछि मात्र प्रधानमन्त्री समक्ष जानकारी गराइन्छ । त्यसपछि प्रधानमन्त्री र मुख्य सचिवबीच छलफल भएपछि सन्निकट मन्त्रिपरिषद् बैठकमा पुग्ने प्रस्तावको छनोट हुन्छ । अन्य प्रस्तावहरु प्राथमिकताको आधारमा थप बैठकहरुमा प्रवेश पाउछन् । अहिलेको तातो विषयको कुरा गर्ने हो भने बल्ल मन्त्रीको पिए शाखामा प्रारम्भिक छलफल शुरु भएको कुरा बाहिर आएको छ । यहि विषयमा अध्यक्ष प्रचण्डले प्रेसर गर्नु कति उचित छ ? जव कि मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लाने अधिकार प्रधानमन्त्रीलाई मात्र छ
Facebook Comments