पोल्याण्ड पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडाैं । जिल्ला चितवन गर्दी गा.वि.स वडा नं. ०९ बस्ने डम्वर बहादुर थापाकी छोरी वर्ष ४० की कमला कुमारी थापाले पोल्याण्ड पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद रु. १७,००,०००।– ( अक्षरुपी सत्र लाख मात्र)  लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि लक्ष्मी देवकोटा समेतले यस कार्यालयमा मिति २०७६/०८/०३ गते दिएको जाहेरी । सो सम्बन्धमानिजलाई खोजतलास गर्ने क्रममा जिल्ला चितवनको एरियामा लुकिछिपि बसेको भन्ने बुझिन आएको र जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी मिति २०७७/०४/१८ गते  निजलाई पक्राउ गरी यस महाशाखामा उपस्थित गराईनिजलाई मिति २०७७/०४/१९ गते महानगरीय प्रहरी परिसर,काठमाण्डौमा आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी पठाईएको ।

Facebook Comments