काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टीतेल) मा लगाउँदै आएको पूर्वाधार कर ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।
सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ लिँदै आएको छ । अब सरकारले प्रतिलिटर ५ रुपैयाँ कर लिने छ ।
Facebook Comments