काठमाडाैं । नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड-१९ महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कार्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने नेपाली सेनाले जनाएकाे छ । उक्त सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै Virtually सहभागीता जनाउन अनुराेध गरेकाे छ । सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्न पनि नेपाली सेनाले अनुराेध गरेकाे छ ।
Facebook Comments