राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव-ईञ्जिनियर भगवती राउतले भुकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिएबापत विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सव-ईञ्जिनियरले लाभग्राहीसँग घुस/रिसवत बापत रु. ५,०००।– (पाँच हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भीरकोट नगरपालिका वडा नं. १, बयरघारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments