पाख्रिनको करेन्ट लागेर मृत्यु

 ललितपुर महानगरपालिका-१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका-९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

Facebook Comments