पहिरोमा पुरिएर १३ को मृत्यु

काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिका-२ लिदी भन्ने स्थानमा शुक्रबार पहिरो जाँदा सोही ठाउँ बस्ने ३६ वर्षीया टिकामाया दोङ समेत ११ जनाको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो गएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तेम्बाथान र ईलाका प्रहरी कार्यालय जलविरेबाट खटिएको प्रहरीले घटनास्थलबाट उनीहरुको शव फेला पारेको हो । साथै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ४३ वर्षीया जुनुमाया दोङ सहित ५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा ४ जनाको सोही अस्पताल र १ जना सिभिल अस्पताल बानेश्वर काठमाडौंमा उपचार भइरहेको छ । पहिरोबाट ३७ घरमा पूर्णरुपमा क्षति भएको छ भने पहिरोमा परी २७ जना बेपत्ता भएको बताइएको छ ।

Facebook Comments