पहिरोमा परी २को मृत्यु, ६ घाइते

 

काठमाडौं । कालिकोट,महाबै गाउँपालिका-७ स्थित कोडवाडामा बुधबार दिउँसो आएको पहिरोमापरी सोही स्थान बस्ने टेक बहादुर भण्डारीकी ७ वर्षीया छोरी संगिता भन्डारी र शुर्ज महतराको १२ वर्षीय छोरा गणेश महतराको मृत्यु भएको छ । साथै घाइते भएका टेक बहादुर भण्डारीकी अर्की ९ वर्षीया छोरी भावना भण्डारी, तुल बहादुर महतराको २ वर्षीय छोरा हिक्मत महरा समेत ४ जना बालबालिकाको ओदा फाउण्डेसन महावैमा उपचार भईरहेको छ । पहिरोले तुल महतराको घरपूर्णरुपमा क्षति भएको छ।

बाजुरा,बुढीगंगानगरपालिका-१ अमकोटस्थित जंगलमा बुधबार दिउँसो आएको पहिरोले पुरेर सोही स्थान बस्ने २२ वर्षीय धर्मराज तिमेल्सिना बेपत्ता भएका छन् । पहिरोमा परेर घाइते भएका सोही स्थान बस्ने १७ वर्षीय ज्ञानु प्रसाद उपाध्याय र १४ वर्षीय हरेन्द्र उपाध्यायको अछामको बयालपाटामा उपचार भईरहेको छ । गाईगोरू चराउन गएको अवस्थामा उनीहरू उक्त पहिरोमा परेका हुन् ।

Facebook Comments