काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा यो कार्यदल गठन गरिएको हो ।
कार्यदलले दिएको सुझावको आधारमा परीक्षा बारे निर्णय हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनु भएको छ ।
‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’, उहाँले भन्नु भएको छ, ‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ । त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो ।
Facebook Comments