काठमाडौं । नेपालमा यतिवेला निर्माणलाई छिटो छरितो र भरपर्दो बनाउन उद्यमीहरु अग्रसर हुन थालेका छन् । यसरी निर्माण सामग्रीको सजिलो विकल्पको रुपमा पञ्चकन्या समूहले लाइट गेज स्टीलको अवधारणा अघि सारेको छ ।
पञ्चकन्या समूहले बजारमा ल्याएको यो सामग्री सजिलो र भरपर्दो रहेको छ । यो समूह अहिले लाइट गेज स्टील फ्रेमिङ संरचना निर्माण गर्ने काममा जुटेको छ । जुन धेरै छिटो र सजिलो निर्माण प्रविधिको हो । यो निर्माण क्षेत्रमा अन्य निर्माण सामग्रीको विकल्प हुन सक्छ ।
लाइट गेज स्टील के हो ?
च्यानल, लाइट गेज इस्पात सेक्सन प्रक्रियामा तातोको उपयोग बिना रोल मेसिनबाट उत्पादन गर्ने एक प्रविधि हो । लाइट गेज स्टील संरचनालाई चिसो स्टिल पनि भनिन्छ । लाइट गेज स्टील सेक्सनहरू हल्का तौल तर उच्च प्रविधिका स्टिल फ्रेमहरू हुन् । फ्रेम सतह जस्ता धातुको साथ कभर गरिएको छ जुन इस्पात सतहलाई पूर्ण रूपमा कभर गर्दछ र यसलाई वातावरणको विनाशकारी कार्यबाट सुरक्षित गर्दछ ।
फ्रेमिंग संरचना
उत्पादन भन्दा पहिले कम्प्युटरकृत प्रणालीमा डिजाइनगरिएको हुनाले यो सुरक्षित रहेको हुन्छ । यसलाई सेनाका ब्यारेक निमार्ण गर्ने काममा प्रयोग गर्न उपयुक्त र फाइदाजनक रहेको छ । यो सुरक्षित र हल्का रहेको हुनाले यसको प्रयोगमा धेरै जनशक्तिको आवश्यकता पर्दैन । भने ढुवानी गर्नमा पनि सजिलो रहेको छ ।
यसको अलवा विद्यालय, कलेज, पुस्तकालय, जलविद्युत, कार्यालयहरू र शौचालय निर्माणका लागि सजिलो र फाइदाजनका रहेको छ । त्यस्तै सामुदायिक भवन, पर्खाल र केही ठूला आयोजनाहरु भवनहरु बनाउनमा प्रभावकारी रहेको छ । अहिले यसको सफल प्रयोग गोरखा र सिन्धुपाल्चोममा भइसकेको छ । भने धापाखेलको जेम्स स्कुल, कपनको रिलायन्स इन्टेक स्कुल, धुसेनीका स्वास्थ्य सेवा केन्द्र, जाजरकोटको सामुदायिक अस्पताल निर्माणको काम भइरहेको छ । अहिलेको अवस्थामा क्वारेन्टीन बनाउनमा यो सबै भन्दा उपयोगी र सजिलो हुने विज्ञको राय रहेको छ ।