काठमाडाैं । नेपाल–भारतबीच व्यापारको क्षेत्रमा अबरुद्ध विषयहरु कसरी अगाडि बढाउन सकिन्छ तथा अझ राम्रो र सरल तरिकाले व्यापारलाई अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले दुई देशका प्रबुद्ध व्यक्तिहरुबीच २३ जुलाईमा ओविनार सम्पन्न भएकाे छ । जसमा पूर्व राजदूत केभी राजनले सभाको अध्यक्षता ग्रहण गर्नु भएको थियो । त्यसै गरी चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्भाना चौधरी याे कार्यक्रममा उपाध्यक्षकाे भूमिका निभाउनु भएकाे थियाे र अतिथिमा संजय अग्रवाल पिएचडिसिका उपाध्यक्ष रहनु भएकाे थियाे । यस कार्यक्रम प्रस्तुतकर्तामा वाइ के चौवेल एनएचपिसिका निर्देशक र भीके माल्नी एनएचपिसिका कार्यकारी निर्देशक हुनुहुन्थ्याे । त्यसै गरी एसबिआइ बैंकका सिइयो अनुकुल भत्नगार, हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धिताल विशेष अतिथिको रुपमा रहनु भएको थियो । प्रमुख अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका सदस्य शुशील भट्ट रहनु भएको थियो ।
अन्य सहभागिमा प्रदीप मुल्तनी पिएचडिसिसिआइका उपाध्यक्ष, हरिभक्त शर्मा पूर्व अध्यक्ष सिएनआइ, विष्णु कुमार अग्रवाल वरिष्ठ उपाध्यक्ष सिएनआइ, वीरेन्द्र राज पाण्डे उपाध्यक्ष सिएनआइ, दीपक रौनियार एमडी बिकेएसएचसिएल, विशाल थापा सरल उर्जा प्रालिका एमडी र प्रविन कला पारामाउण्ट केवल प्रालिका निर्देकको सहभागीता रहेको थियो ।
ओविनारको उद्देश्य विश्वभर फैलिएको कोभिड १९ का कारण जनजीवन प्रभावित भएको छ । यसको असर सबै क्षेत्रमा परिरहेको छ । यसले मानवलगायत विश्वका सबै प्राकृतिक क्षेत्रमा असर गरेको छ । नेपाल र भारत जस्ता देशमा पनि लकडाउनका कारण यसले असर पारेको छ । यस्तो विषम परिस्थितिमा हामीले दुई देशबीच गर्नु पर्ने आर्थिक र सहकार्यात्मक काम गर्न कठिनाइ भइरहेको छ । यही अवस्थामा हामीले दुई देशको आर्थिक विकास गर्नु पर्ने हाम्रो दायित्व रहेको छ । यसको लागि जलविद्युत उत्पादन एक महत्वपूर्ण विधि हुन सक्दछ भन्ने हाम्रो ठम्याइ छ । यसले मात्र हामीलाई पुरानो लयमा फर्काउन सक्छ । यसका लागि नेपाल भारत सेन्टर केन्द्रमा रहेर नेपाल–भारत औधोगिक विकासमा सहयोग पुग्न सक्ने आँकलन गरिएको छ । यसको आर्थिक सहयोगका लागि एसबीआइ बैंक र एएचपीसी लिमिटेड पीएचडिसिसिआई संस्थाले नेपालका जलविद्युत क्षेत्रको विकासमा टेवा पुर्याउन सहयोग गर्ने सक्ने छन्, भन्ने रहेको थियो ।
नेपाल–भारतबीच उत्पन्न सीमा विवाद र त्यसबाट पीडित राजनीतिक दृष्टिकोणबाट प्रकृतिक स्रोतमा कुनै पनि असर नपरोस भन्ने ओविनारको निष्कर्ष छ । उक्त ओविनारमा सहभागी उर्जा विज्ञ एवम् उद्यमी ज्ञानेन्द्रलाल प्रधानले–‘राजनीतिक तहको विषयले सबै क्षेत्र तनावमा र ठप्प हुनु हुँदैन भन्ने कुरा उठाएको बताउनु भयो । इनर्जी बैंकिङ, पावर ट्रेड, बुटवल ट्रान्समिसन लाइन र पिपिएसमेत रोकिएको अवस्था छ । र यी विषयहरु सुचारु हुनु पर्छ, भन्ने दुबै देशका सहभागीहरुमा सहमति भएको छ । उद्योग परिसंघको इनर्जी डेभलपमेन्ट काउन्सीलका प्रमुखसमेत रहनु भएका प्रधानले नेपालका उद्यमीहरुकोतर्फबाट यहाँको उच्च राजनीतिक तहसम्म कुरा पुर्याउने र भारतका सहभागीहरुबाट त्यहाँको उच्च तहमा कुरा पुर्याएर व्यापारको रोकिएको गतिलाई सहज बनाउन पहल गर्नेसमेत ओविनारले बाटाे खाेलेकाे बताउनु भयो ।’ कार्यक्रमका अध्यक्ष राजन उर्जा व्यापारका बारेमा राजनीति प्रभावबाटअलग राखी भारतीय उच्च नेतृत्व तहसम्म कुरा पुर्याउन सकारात्मक हुनु भयाे ।
जलविद्युत उद्यमी एवम उर्जा विज्ञ गुरुप्रसाद न्यौपाने–‘यो ओविनारले दुई देशको व्यापारको क्षेत्रमा अवरुद्ध भएका विषयहरुलाई साझा रुपमा उठान गरेर सहकार्यको महत्वलाई उजागर गरेको बताउनु भयो । उहाँले राजनीतिक उच्च तहमा देखिने र देखिएका समस्याबाट दुई देशको व्यापारको सम्बन्धमा कुनै बाधा पुर्याउनु हुँदैन भन्ने सन्देश दिएकाले दुबै देशका सरकार समक्ष सो सन्देश पुगेको छ ।’
त्यो सन्देशको निरन्तरता र कार्यान्वयनका लागि दुबै देशका प्रबुद्ध व्यापारी एवम् लामो समय कुटनीतिको क्षेत्रमा काम गर्नु भएका विशिष्ट व्यक्तिहरुबाट हुने विश्वास बढेको छ । उर्जा व्यापारमा पावर ट्रेड, इनर्जी बैकिङ, ट्रान्समिसन लाइन निर्माणका क्षेत्रमा देखिएको गतिरोधको अन्त्यका लागि यो ओविनारले महत्वपूर्ण सन्देश दिएको छ ।