नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक पुन: सर्याे

काठमाडाै‌ । आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो।
दबाबका कारण तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबिचको एकता प्रक्रिया नै धरापमा परेको छ। जारी स्थायी समितिमा प्रचण्ड-नेपाल समूहका करिब ३० स्थायी समिति सदस्यले प्रम ओलीको राजीनामाका लागि एक स्वर गर्दै आएका छन्। आफू विरूद्ध मोर्चाबन्दी कसिएपनि प्रम ओलीले भने कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन्।

पार्टीमा टकराव चर्किदै गएपछि पार्टी एकता भाँडिन नहुने र फुटको बाटोमा जान नहुने आवाज उठेपछि केही दिन यता प्रचण्ड र ओली ‘वान टु वान’ छलफल गरिरहेका छन्। उनीहरूले आपसी छलफलबाट पार्टीमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ।

Facebook Comments