नेपाली सेनाद्वारा छाङरुकाे गोरेटो बाटो हस्तान्तरण

काठमाडाैँ । सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकाम देखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो बिगत ३ वर्षदेखि अवरुद्ध रहेकोले व्यास नगरपालिकाका वडा नं. १ का जनतालाई परेको असुविधा, मुख्य रुपमा नेपाली भूमिमै एक ठाउ“बाट अर्को ठाउ“मा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी नेपाली सेनाको टोलीले जेष्ठ ८ गतेबाट उक्त गोरेटो बाटो निर्माणको लागि तैनाथ भई जेष्ठ २६ गतेबाट दक्ष जनशक्ति सहित निर्माण कार्य शुरु गरेको थियो । नेपाली सेनाले उक्त गोरेटो÷घोडेटो बाटो करिब चार महिना भित्र सम्पन्न गरी आज २०७७÷०६÷१९ गते स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । यो बाटो नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७÷०१÷१४ गतेको निर्णय अनुसार नेपाली सेनालाई निर्माणको जिम्मेवारी प्राप्त भएको हो ।

निर्माण सम्पन्न पश्चात हस्तान्तरण कार्यक्रममा निम्नानुसारको उपस्थिति रहेको थियो

साे कार्यक्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसद  गेल्वो सिहं वोहोरा,
सुदूर पश्चिम पृतनापति उ.र. निर्मल कुमार थापा, प्रदेश प्रमुख सचिव रामकृष्ण सुवेदी,
प्रमुख जिल्ला अधिकारी, दार्चुला श्री शरद कुमार पोखरेल,
निर्देशक, जनसम्पर्क तथा सूचना निर्देशनालय स.र. सन्तोष बल्लभ पौडेल,
नि. बाहिनीपति, २५ बाहिनी अड्डा महा सेनानी कृष्ण जि.सी. र युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव के.सी. काे सहभािगता रहेकाे नेपाली सेनाले जनाएकाे छ ।

उक्त आयोजना हस्तान्तरणको क्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिनु भयो । नेपाली सेनाले नेपाली भू(भागको रक्षा गर्दै गरेको यो कार्यले नै महाकाली करिडोर निर्माणको लागि थप उर्जा प्रदान गर्ने भन्दै वहांले व्यास गाउंपालिका वडा नं. १ मा प्रदेश सरकारले विकासको प्याकेज ल्याउन लागेको र त्यसमा पनि नेपाली सेनाको अहम भूमिका हुने बताउनु भयो । प्रदेश सासंद बोहोराले पनि नेपाली सेनाले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै तम्पाकु क्षेत्रमा पनि नेपाली सेनाले पहल लिई कार्य गरि दिएमा सहज हुने धारणा व्यक्त गर्नु भयो । यस आयोजनामा नेपाली सेनासंग काम गरेका स्थानिय श्रमिक बंगा सिंह भण्डारीले आफुहरुले यस आयोजनामा रोजगारी पाएको, नेपाली सेनाले उल्लेख गरे बमोजिमको भत्ता उपलव्ध गराएको र राम्रो काम भएको भनी प्रशंसा गरेका थिए ।

सुदूर पश्चिम पृतनाका पृतनापतिज्युले यस कार्यमा संलग्न सबैजना सकलदर्जा लगायत सबैलाई धन्यवाद दिंदै यस कार्यमा नेपाली सेनालाई सहयोग गर्ने प्रदेश सरकार, स्थानिय सरकार लगायत सबैलाई सहयोगको लागि आभार व्यक्त गर्नु भयो ।

Facebook Comments